

मन्त्रिपरिषदको निर्णयः विहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द, आन्तरिक उडान आजैदेखि स्थगित
भारतसँग भने सातामा दुई दिन उडान हुने

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर गरी मन्त्रिपरिषदले विहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक उडान भने आजै रातीदेखि बन्द गर्ने निर्णय गरेको हो। भारतसँग भने सातामा दुई दिन उडान जारी रहने बताइएको छ।
भारत–नेपालबीच भएको एयर बबल सम्झौताअनुसार सातामा दुई दिन गर्नैपर्ने भएकाले सरकारले ठप्प पार्न सकेन। अत्यावश्यक हुँदा चार्टर गरी उडान गर्न सक्ने भए पनि १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

