एमालेले आकस्मिक रुपमा बोलायो स्थायी कमिटी बैठक


काठमाडौं– नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटीको बैठक डाकेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग महासचिव ईश्वर पोखरेलले परामर्श गरेपछि बालुवाटारमा बैठक डाकिएको हो।

बैठकमा सहभागी हुनका लागि एमाले स्थायी कमिटी सदस्यहरु जम्मा हुने क्रम जारी छ। केही बाहेक प्राय सबै सदस्य सहभागी हुने बताइएको छ।

लुम्बिनी र गण्डकी प्रदेशमा भएका सरकारका सन्दर्भ, कोभिड–१९लगायतका विषयमा बैठकमा चर्चा हुनेछ।

प्रतिक्रिया