आईपीएल : दिल्लीसँग कोलकाता पराजित


अहमदाबाद – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ ।

अहमदाबादमा राति भएको खेलमा कोलकाताले दिएको १५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । दिल्लीका पृथ्वी शले ८२ रनको अर्धशतकीय पारी खेले ।

यस्तै शिखर धवनले ४६, ऋषव पन्तले १६ रन जोडे । कोलकाताका पाट कुमिन्सले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

कोलकाताका आन्द्रे रसेलले अविजित ४५ रन बनाए । त्यस्तै सुबमन गिलले ४३ रन जोडे । दिल्लीका अक्षर पटेल र ललित यादवले २–२ विकेट लिए । जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ ।

दिल्लीले ७ खेलमा ५ मा जित निकालेर १० अंक जोडेको छ । पाँचौं स्थानको कोलकाताले ७ खेलमा ५ मा हार ब्यहोरेको छ । कोलकाताको ४ अंक छ ।

प्रतिक्रिया