शिवपुरी जंगलमा आगलागी, नेपाली सेना र प्रहरीद्वारा नियन्त्रणको प्रयास


काठमाडौं – शिवपुरी-नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ ।

बुधबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पुगेको छ ।

आगलागी नियन्त्रणका लागि अहिले त्यहाँ नेपाली सेनाको दमकल पुगिसकेको छ, अन्य दमकल पनि जाँदैछन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले टोखामाथिको जंगलमा आगलागी भएको देखेपछि स्थानीयले खबर गरेका थिए । त्यसपछि आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

यसअघि २९ चैतमा पनि शिवपुरी-नागर्जुन जंगलमा आगलागी भएको थियो, नियन्त्रणका लागि हेलिकोप्टरबाट पानी खसालिएको थियो ।

प्रतिक्रिया