

एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक जारी

काठमाडौं– नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा जारी छ।
अविश्वासको प्रस्ताव दर्ता गरी फ्लोर क्रस गर्दै माधवकुमार नेपाल समूहले सघाउने भन्ने सूचना बालुवाटार पुगेपछि एमालेको बैठक राखी स्पष्टिकरण सोधिएकालाई कारबाहीको निर्णय गर्ने एजेन्डा रहेको बताइन्छ।
यसअघि स्थायी कमिटीको बैठक राखी केही नेतालाई कारबाही गरिने प्रस्ताव महाधिवेशन आयोजक कमिटीमा लगिएको बताइन्छ।

