प्रदेश २ का निमित्त स्वास्थ्य निर्देशकलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था जटिल बन्दै


coronavirus-2019-ncov-virus-background-with-disease-cells-red-blood-cell-covid-19-corona-virus-outbreaking-pandemic-medical-health-risk-concept_139523-184

जनकपुरधाम – प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै रहेर उपचार गराइरहेका झाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि पाटन हस्पिटल ललितपुरमा पुर्याइएको हो ।

उनलाई शनिबार बिहान ३ बजे पाटन अस्पताल पुर्याइएको हो । निमित्त निर्देशक झा गत वर्षदेखि शुरु भएको कोरोनाकालमा नियमित खट्दै आएका व्यक्ति हुन् । झालाई वैशाख ६ गते कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया