

भारतमा अर्को विपत्ति, उत्तराखण्डमा फेरी फुट्यो हिमताल

काठमाडौं – भारतमा पछिल्ला दिनमा कोरोनाले आक्रान्त बनाइरहेको बेला अर्को प्राकृतिक विपत्ति आइलागेको छ । भारतमा शुक्रबार साँझ उत्तराखण्डमा फेरि हिमताल फुटेको छ । भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठ भन्ने स्थानमा शुक्रबार हिमताल फुटेको सूचना आएको उत्तराखण्ड सरकारले जनाएको छ ।
सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले पूरा जानकारी लिन कठिन भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुले शनिबार साँझसम्ममा पूरा विवरण आउनसक्ने बताएका छन् । सो क्षेत्रमा आवादी कम भएकाले धेरै क्षति नभएको अनुमान गरिएको छ ।
बोर्डर रोड अर्गनाइजेसनका कमाण्डर कर्णेल मनिष कपिलले यो क्षेत्रमा भारतले सडक निर्माणको काम जारी राखेको र सो क्षेत्रमा अहिलेसम्म कोही पनि हताहत नभएको बताएका छन् । जोशीमठ–मलारी सडकखण्ड भने हिउँले ढाकिएको छ । त्यसैले केही व्यक्तिहरू फसेको हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् ।
उत्तराखण्डका मुख्यमन्त्री तिरथ सिंह रावतले हिमताल फुटेको सूचना आएकाले सतर्क रहन सूचना जारी गरेका छन् । कुनै अप्रिय घटना नहोस् भनेर केही परियोजनाहरुमा रातिको समयमा काम नगर्न निर्देशनसमेत दिइएको उनले जानकारीसमेत दिएका छन् ।
भारत चीन सीमा के पास ग्लेशियर टूटने की सूचना के संबंध में जानकरी जुटाई जा रही है। खराब मौसम के कारण दूरभाष से संपर्क नही हो पा रहा है। स्थिति का जायज़ा लेने के लिए टीमों को भेजा गया है। आधिकारिक पुष्टि होने तक धैर्य व संयम बनाये रखें व अफवाह फैलाने से बचें।#Uttarakhand #Chamoli pic.twitter.com/niHV4Dy6lz
— Uttarakhand Police (@uttarakhandcops) April 23, 2021

