

माओवादी केन्द्र स्थायी समितिः सरकारबाट समर्थन फिर्ता लिने जिम्मेवारी प्रचण्डलाई

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।
बुधबार पेरिसडाँडामा बसेको बैठकले उक्त जिम्मेवारी दिँदै कहिले र कसरी फिर्ता लिने भन्ने जिम्मा पनि प्रचण्डलाई नै दिइएको छ। सरकारलाई समर्थन दिँदै विकल्पको कुरा नगर्नका लागि अन्य दलले र नैतिकताका विषयमा सर्वसाधारणले पनि माओवादीलाई सकसमा पार्दै आएका छन्।
बुधबारसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिइएको छैन।

