
कांग्रेस देउवा समूह १५औं महाधिवेशनः २४ जिल्लामा अधिवेशन सम्पन्न, को-को बने जिल्ला सभापति ?
काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत देशका २४ वटा जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न भएको छ। पार्टीको तल्लो तहदेखि नै संगठन सुदृढीकरण र नेतृत्व चयनको प्रक्रिया तीव्र बन्दै जाँदा २४ जिल्लामा नयाँ जिल्ला सभापति चयन गरिएकाे साे पार्टीले जनाएकाे छ।
अधिवेशन सम्पन्न भएका जिल्लाहरू र निर्वाचित सभापतिहरूमा सङ्खुवासभामा रामकुमार जिमी, भोजपुरमा धर्मराज राई र हुम्लामा सूर्यबहादुर शाही जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
त्यसैगरी जुम्लामा नेत्रकला शाही, मुगुमा तिलक मल्ल, रुकुम पश्चिममा नन्दबहादुर विष्ट र कालिकोटमा नगेन्द्र विष्टले जिल्ला नेतृत्वको जिम्मेवारी पाएका छन्।
सुदूरपश्चिम र कर्णालीका अन्य जिल्लाहरूमध्ये डोटीमा बाजीसिंह खड्का, बैतडीमा वीरबहादुर विष्ट, दैलेखमा दिनेशकुमार हमाल, दार्चुलामा सुरेन्द्र अवस्थी र सल्यानमा दीपक चन्द सभापति चयन भएका छन्।
त्यस्तै मधेश, बागमती र लुम्बिनी प्रदेशका जिल्लाहरूमा धनुषाबाट कोमलकान्त झा, चितवनबाट मिलनबाबु श्रेष्ठ, प्युठानबाट देवेन्द्र बर्मा र कपिलवस्तुबाट राजेश सिंह निर्वाचित भएका छन्।
गण्डकी प्रदेशका पर्वतमा यमबहादुर (रामकृष्ण) मल्ल, म्याग्दीमा हिराबहादुर पुन र कास्कीमा ऋषिलाल काफ्लेले जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका छन्।
यसै गरी रोल्पामा मानबहादुर खत्री, बारामा राजेश राय यादव, झापामा कृष्ण हुमागाईं, सिन्धुपाल्चोकमा बालकृष्ण बस्नेत र बझाङमा हर्कजंगबहादुर सिंह नेपाली कांग्रेसको जिल्ला सभापति पदमा निर्वाचित भएका छन्।
२४ जिल्लाको अधिवेशन सम्पन्न भएसँगै कांग्रेसको शेरबहादुर देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत चुनावी माहोल अझ थप तातेको छ।



कागजपत्र |
