१० दिनदेखि कृष्णभीर पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, कहिले खुल्ला ?


काठमाडौं । रसुवा बाढीका कारण अवरुद्ध बनेको कृष्णभीर सडक पुनर्स्थापनाको आइतबार दशौँ दिन। अहिले पनि सडक पुनर्निर्माण भइरहेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकलाई ग्रेडिङ गरी सतहलाई अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन सडक सञ्चालनयोग्य बनाउने काम तीव्र गतिमा अघि बढिरहेको छ। साथसाथै ग्राभेल बिछ्याउने र सब(सर्फेस नाली निर्माणको काम पनि अगाडि बढेको डिभिजनले जनाएको छ ।

यात्रुलगायत सवारी आवागमनलाई छिटोभन्दा छिटो सहज, सुरक्षित र सञ्चालनमा ल्याउन निरन्तर फिल्डमै खटिरहेको डिभिजनको भनाइ छ ।

सरकारले भदौ २८ गतेभित्रै पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने बताएको थियो । तर अझै तीन चार दिन सडक निर्माणमा लाग्ने देखिएको छ ।

कृष्णभीरमा पहिरोले राजमार्ग हुँदा चाडपर्वका बेला राजधानी काठमाडौंलगायतका सहरमा खाद्यान्नदेखि अत्यावश्यक वस्तुको अभाव सिर्जना भएको छ । सबैभन्दा धेरै उपभोग्य खाद्यवस्तु, खाना पकाउने ग्यासलगानयतका वस्तुको संकट आइपरेको छ ।

प्रतिक्रिया