आज स्वदेश फर्कँदै देउवा


काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्कँदैछन् । देउवा लामो समयको विदेश बसाइपछि हङकङबाट बुधबार मध्यरात नेपालका लागि प्रस्थान गरेका हुन् ।

देउवा आज ११ बजे नेपाल आइपुग्ने जनाइएको छ । उनको स्वागतका लागि नेपाली कांग्रेसका कार्यकर्ताहरु विमानस्थल पुग्ने कार्यक्रम रहेको छ । उनी स्वदेश फर्किएसँगै आजै नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

देउवा उपचारका लागि लामो समय सिंगापुर र हङकङमा बसेका थिए। पछिल्लो समय उनी हङकङमा रहेर स्वास्थ्य उपचार तथा फलोअप गराइरहेका थिए। यसअघि हङकङबाट थाइल्यान्डको राजधानी बैंकक हुँदै नेपाल फर्किने कार्यक्रम तय भए पनि पछिल्लो समय उनको यात्रा कार्यक्रम परिवर्तन भएको हो ।

कांग्रेस संस्थापन इतर समूहले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका बेला देउवा स्वदेश फर्किन लागेका हुन्।

प्रतिक्रिया