बैतडीमा यात्रुबहाक बस दुर्घटना, १७ जना घाइते


काठमाडौं- बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

कैलालीबाट बैतडीतर्फ जाँदै गरेको बस बैतडीको पाटन नगरपालिकामा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस दुर्घटना सडकबाट करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

 

प्रतिक्रिया