विश्वकप २०२६ः सहआयोजक क्यानडा अन्तिम १६ मा

दक्षिण अफ्रिकाविरुद्ध १–० ले विजयी


लस एन्जलस — सहआयोजक क्यानडा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

क्यानडाले सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अन्तिम ३२ को पहिलो खेलमा दक्षिण अफ्रिकालाई १–० गोलले पराजित गर्‍यो ।

स्टेफन इस्टाकुइओले इन्जुरी टाइमको दोस्रो मिनेटमा निर्णायक गोल गरे । उनले पेनाल्टी बक्सबाट गरेको प्रहार कुना च्याप्दै गोल भएको थियो । क्यानडाले अन्तिम १६ मा नेदरल्यान्ड्स र मोरक्को बीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

क्यानडा र दक्षिण अफ्रिका दुवै टोली नकआउट चरणमा पहिलो पटक प्रतिस्पर्धा गरिरहेका थिए ।

क्यानडाले समूह चरणको तीनै खेल घरेलु मैदानमा खेली नकआउट चरणका लागि अमेरिकामा आएको थियो । अब अमेरिकाको ह्युस्टनमा गएर अर्को खेल खेल्ने छ ।

प्रतिक्रिया