गैंडाकोटमा भारतीय कारको ठक्करबाट एक महिलाको मृत्यु, अर्की घाइते


नवलपुर — पूर्वपश्चिम राजमार्ग अनतर्गत नवलपुरको गैँडाकोटमा भारतीय नम्बर प्लेटको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।

नारायणघाटबाट कावासोतीतर्फ आउँदै गरेको युपी ५७ सीडी ९०१० नम्बरको भारती नम्बर प्लेटको कारले ग।प्र।०४–००१ प २३०७ नम्बरको स्कुटरलाई ठक्कर दिएको नवलपुर प्रहरीले जनाएको छ।

कारको ठक्करबाट स्कुटरको पछाडी सवार हुप्सेकोट गाउँपालिका–१ की ७७ वर्षीया सावित्री भुसालको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

दुर्घटनामा घाइते स्कुटर चालक सोही ठाउँकी ४० वर्षीया सीता भुसालको भरतपुरमा उपचार भईरहेको छ। दुवै सवारी साधन र कार चालक भारतको उत्तर प्रदेश जिल्ला सुखिनगर कसैयाका ४३ वर्षीय करुणा निधान मिश्रलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया