
काठमाडौं उपत्यकाबाट प्रयोगविहीन तार हटाउने अभियान सुरु
काठमाडौं- काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्रयोगविहीन (डेड) तार हटाउने कार्य सुरु गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा यो अभियान अघि बढाइएको हो।
त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, जडीबुटी, पेप्सीकोला, लाजिम्पाट, सामाखुशी टाउन प्लानिङ, गोँगबु, कीर्तिपुर, पुरानो बानेश्वर, गौशाला र चाबहिललगायत क्षेत्रमा रहेका प्रयोगविहीन तारहरू हटाउने कार्य भइरहेको छ।
मन्त्रालयका अनुसार सहरी क्षेत्रमा झुन्डिएका तथा अव्यवस्थित रूपमा रहेका तारहरूले सुरक्षा जोखिम बढाउने र सहरी सौन्दर्यमा समेत असर पार्ने भएकाले तिनलाई हटाउने काम थालिएको हो।
तार हटाइएपछि सडक सुरक्षामा सुधार आउने, दुर्घटनाको जोखिम घट्ने तथा उपत्यकाको सौन्दर्यकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।



कागजपत्र |
