धम्की प्रकरणमा गृहमन्त्रीको प्रतिबद्धता– कानुनी कारबाही अघि बढाइन्छ


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले प्रतिनिधिसभाको बैठकमा आफूलाई ज्यान मार्ने धम्की आएको विषय सार्वजनिक गरेकी छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले सामाजिक सञ्जालमार्फत आफूलाई विभिन्न प्रकारका धम्की आएको बताएकी हुन्।

सांसद ओलीले संसद्मै उक्त विषय उठाएपछि नवनियुक्त गृहमन्त्री सुधन गुरुङले घटनाबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।

गृहमन्त्री गुरुङले बैठककै क्रममा सांसद ओलीसँग भेट गर्दै धम्कीसम्बन्धी विषयमा उजुरी तथा आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए।

उनले प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायमार्फत घटनाको अनुसन्धान गरी दोषीमाथि कानुनअनुसार कारबाही गरिने बताएका छन्।

प्रतिक्रिया