अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै


काठमाडौं- संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत रहेको दुईवटा समितिको बैठक आज बस्दैछ। आज अर्थ समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो।

अर्थ समितिको बैठक बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको अनुमान (बजेट) का मुख्यमुख्य व्यवस्थाका सम्बन्धमा अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ। यस्तै, समितिको मस्यौदा कार्यविधिमाथि पनि छलफल हुनेछ।

यसैगरी, सार्वजनिक लेखा समितिको बैठक पनि बिहान ८ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नउपर छलफल गर्ने कार्यतालिका रहेको

छ।

प्रतिक्रिया