
मन्त्रिपरिषद्मा सुधन गुरूङलाई ५ औं र महावीर पुनलाई ८ औं वरीयता
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्का नवनियुक्त गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ वरीयता दिइएको छ । शाहले मंगलबार हेरफेर गरेको मन्त्रिपरिषद्मा गुरुङ पाँचौँ वरीयतामा छन् ।
त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ वरीयतामा छन् । उनीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
गुरुङ यसअघि बालेन क्याबिनेटमा नै थिए । पुन भने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्रीको जिम्मेवारीमा थिए ।



कागजपत्र |
