प्रतितोला २ हजार रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको २ हजारले बढेर तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भइरहेको छ।

यसअघि सोमबार सुन तोलाको २ लाख ९९ हजार ९ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर तोलाको ४९२५ मा कारोबार भइरहेको छ।

प्रतिक्रिया