कोहलपुर अपडेटः मृतक ४ जनाको पहिचान खुल्यो


काठमाडौं – शुक्रबार साँझ बाँकेको कोहलपुरमा बस र टिप्पर ठोक्किँदा ज्यान गुमाएका ५ मध्ये चारजनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा टिप्परका सहचालक उदय बाँठा र टिपर चालक २५ वर्षीय खगेन्द्र बहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरु दुवै कोहलपुर–१२ बस्दै आएका थिए ।

त्यस्तै मृत्यु हुनेमा सुर्खेत घर भएका ४१ वर्षीय जीवन कुमार विक र झापाको मेची नगपारपालिका–१० घर भएका छत्रबहादुर कटुवाल छन् ।

दुर्घटना ज्यान गुमाएकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान खुल्न बाँकी छ ।

सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र ना अ क–४१ नम्बरको टिपर ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते ४१ मध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया