
एकैदिन साढे ५ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं – बिहीबार सुनको मूल्य तोलामा साढे ५ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको हो ।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला २१५ रुपैयाँको गिरावट आएर ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



कागजपत्र |
