चीनविरुद्ध नेपाल विजयी


काठमाडौं– उपकप्तान पूजा महतोको अर्धशतकसँगै नेपालले एसियन गेम्स महिला छनोटमा चीनलाई १९ रनले पराजित गरेको छ ।

मलेसियाको बायोमास ओभलमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेकी थिइन्। योसँगै पहिला ब्याटिङ थालेको नेपालले उपकप्तान पुजा महतोको शानदार अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाउँदै चीनलाई १२६ रनको लक्ष्य दिएको थियो ।

उक्त रन पछ्याउने क्रममा चीनले २० ओभरमा ५ विकेटको क्षतिमा १०६ रनमात्र बनाउन सकेको थियो ।

त्यसअघि नेपालका लागि पूजाले सर्वाधिक ६३ रन बनाइन्। ५७ बल खेलेकी उनले ६ चौका प्रहार गरिन्।

नेपालले सेमिफाइनल प्रवेशका लागि अब इन्डोनेशियासँग खेल्नेछ ।

प्रतिक्रिया