
पूजाको शानदार अर्धशतकसहित नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
काठमाडौं- महिला एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले चीनसँग प्रतिस्पर्धा गरिरहेको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायमास क्रिकेट मैदानमा जारी खेलमा नेपालले चीनलाई १२६ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन जोड्यो।
उपकप्तान पूजा महतोले अर्धशतकीय इनिङ्स खेलिन्। ५७ बलमा ६ चौकाको मद्दतमा पुजाले ६३ रनको योगदान दिइन्।
यस्तै, रुवि पोद्धारले २२ तथा सोनी पाख्रिनले १८ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ मा रिकले दुई तथा वाङ हिइङ र ली जियापिङले एक–एक विकेट लिए।



कागजपत्र |
