कांग्रेसले बोलायो संसदीय दलको बैठक


काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक जेठ १४ गते विहीबार बिहान साढे ११ बजे सिंहरदरबारमा बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।

बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ ।

प्रतिक्रिया