फोटो खिचेको भन्दै कांग्रेस सांसद सेन्दाङलाई संसदबाट बाहिर निकालियो


काठमाडौं – प्रतिनिधिसभा बैठकका क्रममा फोटो खिचेको विषयलाई लिएर नेपाली कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङलाई मर्यादापालकहरूले बैठक कक्षबाट बाहिर निकालेका छन् ।

सांसद सेन्दाङलाई सभामुख डोलप्रसाद अर्यालको औपचारिक आदेशबिनै बाहिर निकालिएको आरोप लागेको छ ।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले फोटो तथा भिडियो खिच्न नपाउने व्यवस्था भए पनि सभामुखको रुलिङबिना मर्यादापालकहरूले यस्तो कदम चाल्न नपाइने बताइएको छ ।

सांसद सेन्दाङले आफूलाई बैठक कक्षबाट बाहिर निकालिएको र मोबाइलमा खिचिएको फोटो डिलिट गरेपछि मात्रै पुनः प्रवेश गर्न दिइएको बताएकी छन् ।

घटनापछि संसद्को मर्यादा र मर्यादापालकको अधिकारबारे प्रश्न उठेको छ ।

प्रतिक्रिया