काठमाडाैंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ३८ जना घाइते


कपिलवस्तु – कपिलवस्तुको महाराजगन्जमा यात्रुबाहक बस दुर्घटना हुदा ३८ जना घाइते भएका छन् ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिका- ४ बरईपुरस्थित तौलिहवा- बहादुरगन्ज हुलाकी सडकखण्डमा काठमाडौँबाट सुर्खेततर्फ जादै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भइ पल्टिदा बसमा यात्रा गरिरहेका ५६ जना मध्ये ३८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै १७ जनाको अवस्था सामान्य रहेको र १९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेको भैरहवा सिटी अस्पताल र लुम्बिनी सिटी अस्पताल, बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया