कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गरे, देवी वलीले सच्चाए


काठमाडौं – कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन राखेको प्रस्तावमा नेकपा एमालेका ४ जना सांसदले फ्लोर क्रस गरेका छन्।

प्रस्ताव उपर सांसदहरुले बोल्ने र मुख्यमन्त्री शाहीले जवाफ दिने क्रम सकिएपछि सभामुखले विश्वासको मतका लागि प्रदेशसभा नियमावली अनुसार मत विभाजन गराएका थिए। मत विभाजनका क्रममा एमालेका सांसदहरुले फ्लोर क्रस गरेका हुन्।

एमालेका माधव कुमार नेपाल पक्षका सांसद प्रकाश ज्वालासहित ४ जना सांसदहरु फ्लोर क्रस गरेसँगै शाही नै मुख्यमन्त्री रहने बाटो खुलेको छ। शाहीले २२ मत प्राप्त गरेका छन्।

सुरुमा फ्लोर क्रस गरेका सांसद देवी वलीले पछि आएर आफ्नो मत सच्चाएका छन्।

कर्णाली प्रदेशसभामा एमालेको सभामुखबाहेक १९, माओवादीको १२ र कांग्रेसको ६ सांसद थिए। फ्लोर क्रस गरेका सांसदसँगै शाहीको पक्षमा नेपाली काँग्रेसले समर्थन जनाएको थियो।

प्रतिक्रिया