राजधानीबाट एअर गनसहित काभ्रेका लामा पक्राउ


काठमाडौं – एअर गनसहित काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ पाटिटारबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–४ का २६ वर्षीय सोक्सोम दोर्जे लामा छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीबाट कालो रंगको इनामेल लगाएको एक थान एअर गन बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया