
काफल बेच्ने महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही हुने
सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले सिटी बसपार्क क्षेत्रमा काफल बेच्दै गरेकी महिलामाथि नगर प्रहरीद्वारा भएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नगरपालिकाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्न नगर प्रहरीमाथि विभागीय कारबाही गरिने निर्णय भएको जानकारी दिएको हो ।
नगरपालिकाका अनुसार जेठ ५ गते साँझ नगर क्षेत्रभित्र सडक पेटी तथा फुटपाथ व्यवस्थापन गर्ने क्रममा वडा नम्बर–६ स्थित सिटी बसपार्क क्षेत्रमा उक्त घटना भएको थियो ।
प्रेस विज्ञप्तिमा पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णयसमेत गरिएको उल्लेख छ ।




कागजपत्र |
