श्रम संस्कृतिद्वारा आज पनि सदनमा विरोध, सभामुख अर्यालले दिए ‘अभद्र व्यवहार’ नदेखाउन चेतावनी


काठमाडौं – श्रम संस्कृति पार्टीका सांसदहरुले आज पनि सदनमा विरोध जनाएका छन्।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन्।

सांसदहरूले प्ले कार्डसहित विरोध जनाएपछि सभामुख डीपी अर्यालले ‘अभद्र व्यवहार’ नदेखाउन चेतावनी दिएका छन् ।

श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुखले प्रतिनिधिसभाको मर्यादा पालना गर्नु सबैको कर्तव्य भएको बताए ।

उनले सभाको मर्यादा कायम राख्न आग्रह गरे । हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुखले आफ्नो व्यवहार सच्याउन चेतावनी दिए ।

 

प्रतिक्रिया