
दिवा खाजा रकम हिनामिना गर्ने प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं– कपिलवस्तुको तौलिहवास्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले शुक्रबार उनलाई दोषी ठहर गर्ने फैसला गरेको हो।
रैदासमाथि विद्यार्थीका लागि उपलब्ध गराइएको दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति तथा शिक्षकको सामाजिक सुरक्षा कर शीर्षकअन्तर्गतको चार लाख ४३ हजार ४३० रुपैयाँ ७५ पैसा हिनामिना गरेको आरोप लागेको थियो।
यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ मंसिर १ गते रैदाससँगै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूलाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अध्यक्ष थारूलाई भने अदालतले सफाइ दिएको छ।
अदालतले रैदासबाट भ्रष्टाचार बराबरको चार लाख ४३ हजार ४३० रुपैयाँ ७५ पैसा असुलउपर गरी सोही बराबर जरिवाना गर्ने फैसला गरेको छ। साथै उनलाई ६ महिना कैद सजाय सुनाइएको छ।
त्यसैगरी अदालतले अपराधपीडित संरक्षण कोषमा १७ हजार ७३७ रुपैयाँ २३ पैसा जम्मा गर्न पनि आदेश दिएको छ।



कागजपत्र |
