मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्न एमालेको ह्विप


काठमाडौं– कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विपक्षमा मतदान गर्न एमालेले ह्विप जारी गरेको छ।

प्रदेश सभामा विश्वासको मत लिन लागेका मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न संसदीय दलको बैठक डाकेर ह्विप जारी गरिएको हो। संसदीय दलका नेता यमलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले ह्विपअनुसार मतदान गर्न भनेको हो।

नेता माधवकुमार नेपाल पक्षले फ्लोर क्रस गर्न सक्ने भएपछि ह्विप जारी गरिएको हो। संसदीय दलको निर्णयविपरित गए प्रदेश सांसदलाई कारबाही गर्ने एमालेले जनाएको छ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री छन्।

प्रतिक्रिया