मानव बेचविखन संलग्न वडाध्यक्ष थापा पक्राउ


स्याङ्जा – मानव बेचविखन मुद्दामा पुतलीबजार नगरपालिका वडा –४ का वडाध्यक्ष शिवबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ।

पीडितको उजुरी पश्चात मानव बेचविखन तथा अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो।

ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै अब अनुसन्धनन अघि बढ्ने बताए। २०७९ को स्थानीय तह निर्वाचनमा थापाले नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

निर्वाचित भएपश्चात १५ महिना जिम्मेवारीमा काम गरे पनि २०८० भदौ १५ गते स्वास्थ्य उपचारका लागि भन्दै वडा सदस्य लिलावती पौडेललाई कार्यवाहकको जिम्मेवारी दिएर हराएका थिए।

थापा दुई महिना पहिला मात्र नेपाल फर्किएका थिए। अमेरिका रहेको बेलामा नगरपालिकाले २०८० भदौ देखि २०८१ असार महिनासम्मको सेवा सुविधा दुई लाख ७६ हजार १९० रुपियाँ भुक्तानी गरेको थियो।

प्रतिक्रिया