
तुईन खोलानजिक गुडिरहेको कारमा आगलागी
चितवन- नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत तुईन खोला नजिक गुडिरहेको कारमा आगलागी भएको छ ।
सिमसिम पानी परिरहेको अवस्थामा चलिरहेको कारमा एक्कासि आगो लागेको हो । आगलागी भएपछि घटनास्थलमा पुगेको प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
कारमा आगलागी कसरी भयो भन्ने विषयमा हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
