
नेपाली विद्यार्थीको अस्ट्रेलिया सपना संकटमा
काठमाडाैं- अस्ट्रेलिया अध्ययनका लागि नेपाली विद्यार्थीले दिने भिसा आवेदन अस्वीकृत हुने दर पछिल्लो समय अत्यधिक बढेको छ। सरकारी तथ्यांकअनुसार हाल कतिपय महिनामा ६७ प्रतिशतदेखि ७३ प्रतिशतसम्म आवेदन अस्वीकृत भएका छन्, जुन पछिल्लो २१ वर्षकै उच्च हो।
अस्ट्रेलियाले नेपाललाई ‘एसेसमेन्ट लेभल ३’ मा राखेपछि प्रत्येक आवेदनलाई कडाइका साथ व्यक्तिगत रूपमा जाँच गर्न थालेको छ। बैंक स्टेटमेन्ट, अंग्रेजी दक्षता, शैक्षिक प्रमाणपत्र र “स्टडी इन्टेन्सन” (पढाइको उद्देश्य) कडाइका साथ परीक्षण भइरहेको छ।
नक्कली बैंक ग्यारेन्टी र किर्ते शैक्षिक प्रमाणपत्रका घटना बढेपछि नेपालप्रति अस्ट्रेलियाको विश्वास घटेको बताइएको छ। यसले गर्दा वास्तविक विद्यार्थीहरू समेत प्रभावित भएका छन्।
विशेषगरी चीन, भारत र अन्य देशको तुलनामा नेपालीको भिसा अस्वीकृति दर धेरै उच्च देखिएको छ। यसले विद्यार्थी, कन्सल्टेन्सी र अभिभावकहरूमा निराशा बढाएको छ।
सरकारले भने अन्तर्राष्ट्रिय विद्यार्थी संख्या व्यवस्थापन गर्न कोटा प्रणाली र कडाइ गरिएको जनाएको छ।



कागजपत्र |
