कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या


काठमाडौं-  काठमाडौंको कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ।

बुधबार दिउँसो भएको घटनामा विपिन घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीमाथि दुई जनाले धारिलो हतियार प्रहार गरेका थिए।

गम्भीर घाइते अवस्थामा उनलाई तत्काल कीर्तिपुर अस्पताल लगिएको थियो। तर उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार आक्रमणमा संलग्न व्यक्तिहरू मृतककै साथी रहेका छन्। उनीहरू केही समयअघि अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेर हिरासतबाट छुटेका थिए।

घटनामा संलग्न दुवै जनाको पहिचान भइसकेको र छिट्टै पक्राउ गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया