भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु


काठमाडौं-  भक्तपुरमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। घटना भक्तपुर नगरपालिका–५ आदर्श क्षेत्रमा सोमबार भएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार बा.४ ख ३१५६ नम्बरको टिपरले ठक्कर दिँदा ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको ज्यान गएको हो।

दुर्घटनापछि टिपर चालक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घर भई हाल बनेपा बस्दै आएका ३६ वर्षीय श्यामकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त जगातीले गरिरहेको जनाएको छ।

प्रतिक्रिया