
निजामती कर्मचारीको ट्रेड युनियन खारेज
काठमाडौं- निजामती कर्मचारी सेवाबाट ट्रेड युनियनको व्यवस्था औपचारिक रुपमा नै खारेज भएको छ।
सरकारले सिफारिस गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३’ आज राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाबाट ट्रेड युनियनको व्यवस्था औपचारिक रुपमा नै खारेज भएको हो ।
यो अध्यादेश संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रायमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको थियो । ‘अब निजामती सेवामा ट्रेड युनियन रहने छैन’ कानुनमन्त्री सोविता गौतमले भनिन् ।



कागजपत्र |
