राष्ट्रपति पौडेलद्वारा सातौँ अध्यादेश जारी


काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

यसअघि राष्ट्रपति पौडेलले बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका ६ वटा अध्यादेश जारी गरिसकेका थिए। तीमध्ये विभिन्न कानुन संशोधनसँग सम्बन्धित अध्यादेशहरू समावेश छन्।

तर, सरकारले सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने अहिलेसम्म राष्ट्रपति कार्यालयबाट जारी भएको छैन। उक्त अध्यादेशलाई लिएर प्रक्रिया अझै अगाडि बढ्न बाँकी रहेको जनाइएको छ।

1-20_अध्यादेश जारी_विज्ञप्ति_IMG_0001

प्रतिक्रिया