
उपत्यकामा २४ घण्टामा २,१११ चालक कारबाहीमा, ५ लाखभन्दा बढी राजस्व संकलन
काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १११ चालक कारबाहीमा परेका छन्। सो कारबाहीबाट राज्यकोषमा ५ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारबाही पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १८४ जना, ट्राफिक संकेत उल्लंघन गर्ने १०३ जना र तीव्र गतिमा सवारी चलाउने २२२ जना रहेका छन्।
त्यस्तै लेन अनुशासन उल्लंघन गर्ने १३८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६७ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ८६ जना र तोकिएको स्थानबाहेक यात्रु चढाउने तथा ओराल्ने ४२ जना पनि कारबाहीमा परेका छन्।
अन्य सवारी नियम उल्लंघन गरेको अभियोगमा थप १ हजार १६० जनालाई समेत ट्राफिक प्रहरीले कारबाही गरेको छ।



कागजपत्र |
