
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडाैं- सुनचाँदी बजारमा आइतबार सुनको भाउ घटेको छ भने चाँदीकोे मूल्य बढेको छ।
शुक्रबारको तुलनामा आइतबार सुन तोलामा एक हजार रुपैयाँले घटेको छ भने चाँदी ६५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार १० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९६ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ४ हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



कागजपत्र |
