नेपाल र यूएईबीचको खेल आज


काठमाडौं – क्रिकेट विश्वकप लिग–२ को अंकतालिकामा पुछारमा रहेका नेपाल र यूएई त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज आमने सामने हुँदैछन्। यो खेल विहान साढे ९ बजे सुरु हुनेछ।

सिरिजको तेस्रो खेलमा नेपालले युएईसँग खेल्न लागेको हो। गत शनिबार नेपालले युएईलाई ३७ रनले पराजित गरेको थियो भने ओमानसँग १०२ रनको फराकिलो अन्तरले पराजित भएको थियो। युएईले भने ओमानलाई २५ रनले पाखा लगाउँदै महत्वपूर्ण २ अंक बटुलेको छ।

क्रिकेट विश्वकप लिग २ को अंकतालिकामा पुछारमा भए पनि नेपाल र यूएईबीचको खेलले जहिले धेरै महत्त्व राख्छ।

प्रतिक्रिया