
बालेनलाई रास्वपा सांसद रिमा विश्वकर्माको प्रश्न, ‘जनताले न्याय कसरी पाउँछन् सरकार?’
काठमाडौं — गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई रास्वपा सांसद रिमा विश्वकर्माले प्रश्न गरेकी छिन् ।
सिन्धुलीमा प्रहरी हिरासतमा भएको एक थुनुवाको मृत्युको सन्दर्भलाई लिएर आन्दोलनमा उत्रिएकी सांसद विश्वकर्माले सामाजिक सञ्जामार्फत् सरकारलाई प्रश्न गर्दै लेखेकी छिन्, ‘पिडित परिवारले किटानी जाहेरी दर्ता गर्न खोज्दा सिन्धुली प्रहरी र सिन्धुली सरकारी वकिलको कार्यालयले जाहेरी लिन अस्वीकार गरेछ !
जाहेरी समेत दर्ता नभए पछि जनताले न्याय कसरी पाउछन् सरकार?’



कागजपत्र |
