
धनगढी प्रहरीको जुवाखालमा छापा, ९९ हजार नगदसहित ६ जना पक्राउ
धनगढी – धनगढी उपमहानगरपालिका–१ शान्तिनगरको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
सोमबार बेलुकी वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा धर्बेन्द्र कोलीको घरमा छापा मार्दा उनलाई सहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले घटनास्थलबाट नगद ९९ हजार ३०० र ६ गड्डी तास बरामद गरेको जनाएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।



कागजपत्र |
