महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच हात हालाहाल


काठमाडौं-  माइतीघर मण्डलमा दुई महिलाबीच कुटाकुट भएको घटनामा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ।

एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबीच सोमबार माइतीघरमा हात हालाहाल भएको हो। घटनापछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुर्‍याएको जनाएको छ।

उक्त स्थानमा शोभा पाठकसहित केही युवतीहरू सुधन गुरुङको पुनर्बहालीको माग गर्दै धर्नामा बसिरहेका बेला अम्बिका बस्नेत दलबलसहित पुगेपछि विवाद चर्किएको बताइएको छ।

विवाद बढ्दै जाँदा दुवैबीच कुटाकुटको अवस्था सिर्जना भएको थियो। त्यसपछि प्रहरीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया