आजको माैसमः बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने


काठमाडौं – नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायूमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार, आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। साथै, मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ।

राति, देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोसी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागलगायत देशको बाँकी हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

प्रतिक्रिया