भ्रामक सूचना नफैलाउन नेपाली सेनाकाे चेतावनी


काठमाडौं – नेपाली सेनाले आफ्नो संगठन र नेतृत्वलाई लक्षित गरी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रसारित तथ्यहीन र भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार प्रेस नोट जारी गर्दै सेनाले आधारहीन आरोप र द्वेषपूर्ण अभिव्यक्तिले आम नागरिकमा भ्रम सिर्जना गरेको उल्लेख गरेको हो ।

सेनाले यस्ता सामग्रीप्रति सचेत रहन आग्रह गर्दै अराजक र उच्छृङ्खल गतिविधिहरूको नियमित निगरानी भइरहेको स्पष्ट पारेको छ । साथै त्यस्ता कार्य गर्ने व्यक्तिहरू प्रचलित कानुनको दायरामा आउने चेतावनी समेत दिएको छ ।

सेनाले आधारहीन तथा भ्रम फैलाउने समाचार र टिकाटिप्पणीलाई विश्वास नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया