
काठमाडौंको साँखुमा प्रहरीले चलायो गोली, तीन लागूऔषध कारोबारी नियन्त्रणमा
काठमाडौं- काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएर तीन जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार कारबाहीका क्रममा गोली प्रहार गरिएको हो ।
प्रहरीका अनुसार नियन्त्रणका क्रममा एक जना घाइते भएका छन् । उनीहरूको साथबाट एक थान पेस्तोल समेत बरामद गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
