
बूढानीलकण्ठमा लागूऔषधसहित हतियार फेला, दुई जना नियन्त्रणमा
काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाबाट ४१३ ट्याब्लेट ट्रामाडोलसँगै विभिन्न हतियार तथा अन्य सामग्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मिति २०८३ वैशाख ९ गते बूढानीलकण्ठ नगरपालिका–६ टन गाउँस्थित गणेश मन्दिर नजिक सडक खण्डमा शङ्कास्पद रूपमा मोटरसाइकल चलाइरहेका दुई जनालाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा म्याग्दीको अर्मन गाउँपालिका घर भई हाल बूढानीलकण्ठ–६ टन गाउँ बस्ने २२ वर्षीय सुजन प्रसाद सुनार र बूढानीलकण्ठ–२ भङ्गाल बस्ने ४२ वर्षीय अमित कुमार नेपाल रहेका छन्।
उनीहरूको साथबाट ट्रामाडोल ४१३ ट्याब्लेट (४१ पत्ता ३ ट्याब्लेट), ३ थान मोबाइल, १ थान कैंची, २ थान खुकुरी र चक्कु, बा ६६ प ११४३ नम्बरको पल्सर मोटरसाइकल तथा रडमा चेन स्पोकेट जडान गरिएको एक थान हतियार बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।



कागजपत्र |
