विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै


काठमाडौं – संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान साढे ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

बैठकमा आर्थिक वर्ष २०८३–०८४ को बजेट तर्जुमाको तयारी बारे छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्षलाई आमन्त्रण गरिएको छ ।

 

प्रतिक्रिया